दफा २२
विवरण माग गर्न सक्ने
दफा २१ बमोजिम मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिहरू प्रदान गर्ने शिक्षण संस्थाले त्यस्तो प्रमाणपत्र वा अन्य उपाधिहरूको निमित्त
निर्धारित गरेको पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित गरेको शर्तहरूको मूल्याङ्कनको लागि परिषद्ले समय समयमा त्यस्तो संस्थासंग विवरण माग गर्न सक्नेछ र सो विवरण उपलब्ध गराउनु त्यस्तो संस्थाको कर्तव्य हुनेछ ।